पाँच अंकले घट्यो नेप्से

Mar 29th, 2021

काठमाडौं, चैत १६

नेप्से झण्डै छ अंकले घटेको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से पाँच दसमलव ४५ अंकले घटेर २५ सय ४३ दसमलव ५२ अंकमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव ३९ अंकले घटेर चार सय ४९ दसमलव ९२ अंकमा झरेको छ । दुई सय नौ वटा कम्पनीहरुको ६४ हजार पाँच सय १५ वटा पटकको कारोवारमा ९१ लाख ३८ हजार नौ सय ३५ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम चार अर्ब ४१ करोड तीन लाख ४५ हजार ३० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवारा हुंदा तीन वटा समुहको सुचक बढेर १० वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ७२ अंकले घटेर १७ सय ५६ दसमलव ५७ अंकमा झरेको छ भने बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि घटेकाछन । जलबिद्युुत समुहको सुचक भने २४ दसमलव ५२ अंकले बढेर २३ सय १९ दसमलव ४८ अंकमा पुुग्दा फाईनान्स र लघुुबित्त समुहको सुचकहरु बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा उन्नती सहकार्य लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ ।