• गृहपृष्ठ
  • अवार्ड प्राप्त गीत “माया पलायो” सार्वजनिक (भिडियो सहित)

अवार्ड प्राप्त गीत “माया पलायो” सार्वजनिक (भिडियो सहित)

Mar 27th, 2021

काठमाडौ, चैत १४

नेशनल ईन्टरटेन्मेण्ट अवार्ड प्राप्त गीत “माया पलायो” सार्वजनिक गरिएको छ । लोक–पप गीत अन्तर्गत बेस्ट लिरिक्स अवार्ड हात पार्न सफल उक्त गीत धनकुटा खवरको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । “चट्ट कपाल कोरेर“ वोलको गीत सार्वजनिक पछि लगत्तै “माया पलायो“ वोलको गीत सार्वजनिक गरिएको हो ।

धनकुटा जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा समेत टेवा पुर्याउने लक्ष्यका साथ संसारीमाई सिमसार क्षेत्र पाख्रीवास तालतलैया, राम्चे भ्यूटावर र कृषी फर्मको विभिन्न मनमोहक रमणिय क्षेत्रको दृष्य भिडियोमा समावेश गरिएको यो गीत धनकुटा खवरको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए । सञ्चारकर्मी समेत रहेका धनकुटाको पाख्रीवासका विष्णु विक्रम निरौलाको शब्द, सम्पादन र निर्देशन रहेको उक्त गीतमा अस्मिता अधिकारी र विशाल निरौलाको आबाज रहेको छ । यम के निरौलाको संगित रहेको उक्त गीतमा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ ।

कलाकार सुमन योगी र सिम्रन कार्कीको दमदार अभिनय रहेको उक्त गीतमा अन्य कलाकार नुमामफुङ लिम्वु, आस्था भुजेल, करुण लिम्वु, सुजन राई, पुष्पराज तामाङ र स्वीकृती योगीको भुमीका पनि उत्तिकै गहन रहेको छ । प्रनेश राई (यात्री ब्रोज) ले क्यामेरामा कैद गरेको उक्त भिडियोको नृत्य निर्देशन सुमन योगीले गरेका छन ।

अघिल्लो गीतलाई जस्तै यो गीतलाई पनि दर्शक र श्रोताले मनपराई माया गर्नुहुने गीत उत्पादक टिमले अपेक्षा गरेको छ ।