• गृहपृष्ठ
  • सम्राट र समिक्षको स्वरमा पल, दुर्गेश, गरिमा र गुरास फिचर्ड ‘तामा पित्तल’ गीत रिलिज (हेर्नुस् भिडियाे)

सम्राट र समिक्षको स्वरमा पल, दुर्गेश, गरिमा र गुरास फिचर्ड ‘तामा पित्तल’ गीत रिलिज (हेर्नुस् भिडियाे)

Mar 26th, 2021

काठमाडौ, चैत १३

गायक, संगीतकार तथा गीतकार सम्राट चौलागाईको ‘तामा पित्तल’ बोलको गीत रिलिज भएको छ । ‘सम्झिनी पानी छम्किनी’ गीतको सफल्तापछि डिसिरिज युट्युव च्यानलबाटै यो गीत रिलिज भएको हो । सम्राटकै शब्द, संगीत र स्वर रहेको गीतमा गायिका समिक्षा अधिकारीको पनि स्वर रहेको छ । गीतमा जगत तिवारीको ¥यापपनि समावेश गरिएको छ । यो गीत बिग परिवेश स्टुडियोमा रेकर्ड गरिएको हो ।

‘तामा पित्तल’ गीतमा म्युजिक भिडियोका किङ, चकलेटी अभिनेता पल शाह, चर्चित मोडल दुर्गेश थापा, पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्मा र गुरान्स् ढकालको धमाकेदार डान्स रहेको छ । डान्सिङ नम्बर गीतमा चर्चित निर्देशक शिव बिकले निर्देशन गरेको छन् ।

निर्देशक शिवले पल, दुर्गेश, गरिमा, गुरासलाई मज्जाले नचाएका छन् । डान्सिङ नम्बरमा यो म्युजिक भिडियो दमदार बनेको छ । भिडियोमा बाल कलाकार आयुशि ढकाल र टिवन्स् जेभिन जेभिस श्रेष्ठको पनि अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ । यो गीत चितवनमा केही दिन अगाडी सुटिङ गरिएको हो ।