• गृहपृष्ठ
  • शिक्षाका लागि बाहिरिने रकम रोकिएन, महामारीकै बिचमा पनि साढे १५ अर्ब बिदेशियो

शिक्षाका लागि बाहिरिने रकम रोकिएन, महामारीकै बिचमा पनि साढे १५ अर्ब बिदेशियो

Mar 26th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, १३ चैत


महामारीका बिचमा पनि शिक्षाका लागि बाहिरिने रकम भने रोकिएको छैन । गत वर्षको तुलनामा केहि कमि आएपनि शिक्षाका लागि यो वर्षको माघ मसान्तसम्म झन्डै साढे १५ अर्ब रकम बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकले जनाएअनुसार गत वर्षको माघ मसान्तसम्म शिक्षातर्फको व्यय २० अर्ब ९७ करोड रहेको थियो । अर्थात उच्च शिक्षा हासिल गर्नका लागि बिदेश जानेहरुबाट झन्डै २१ अर्ब रकम बाहिरिएको थियो । यो रकममा केहि कमि आएपनि ठूलो मात्रामा भने बिदेशीने रकम भने रोकिन सकेको छैन । माघ मसान्तसम्म् शिक्षातर्पmको व्यय .१५ अर्ब ५८ करोड रहेको छ ।

बिदेश पढन् जानेहरुको संख्यामा जुन रुपमा कमि आएको छ, त्यहि रुपमा बिदेशीने रकममा भने कमि आउन सकेको छैन । महामारीका कारण बिदेशमा पढ्न गएकाहरुले रोजगारी गुमाएका छन् । त्यस्ता रोजगारी गुमाएकाहरुलाई यहाँ रहेका उनिहरुको परिवारले रकम पठाएको छ । जसका कारण पनि बिदेशीने रकममा कमि नआएको हो । यद्यपि बिदेश पढ्न जानेमा कमि आएपनि यो रोकिएको भने छैन ।

नेपालमा बिदेश पढ्न जानेहरु छन् । तर यहाँ गुणस्तरीय शिक्षा दिन नसकेका कारण बाहिरबाट यहाँ आएर पढ्नेहरु भने छैनन् । जसका कारण नै शिक्षा तर्फको आम्दानी सरकारको ऋणात्मक छ।

अहिले नेपालबाट बिदेश पढ्न जानेहरु र घुम्न जानेहरुबाट रकम बाहिरिदै आएको छ । घुम्न जानेहरुको संख्यामा कमि आएकाले यस्तो खर्च भने त्युन मात्रै भएको देखिन्छ । ब्यापार व्यवसायको क्रममा बाहिर जाँदा पनि भ्रमण नै देखिने भएकाले केहि रकम भने बाहिरिएको देखिन्छ । यद्यपि महामारीपछि बिदेश घुम्न जानेहरुमा भने कमि आएको छ ।

समीक्षा अवधिमा खुद सेवा आय रु.३२ अर्ब ३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षकासोही अवधिमा खुद सेवा आय रु.३ अर्ब ८ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९१.९ प्रतिशतले कमी आई रु.३ अर्ब ८७ करोड कायम भएको छ ।

भ्रमण व्यय ५६.७ प्रतिशतले कमी आई .१८ अर्ब ८५ करोड कायम भएको छ । यसमध्ये अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ४३ अर्ब ४९ करोड रहेको थियो । यसमा बिदेश पढ्न जानेहरु तथा घुम्न जानेहरु सबैको रकम जोडिएको छ ।