• गृहपृष्ठ
  • गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक (भिडियो सहित)

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक (भिडियो सहित)

Mar 25th, 2021

काठमाडौ, चैत १२

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक भएको छ । टिपीकल शैलीमा तयार पारिएको गीतमा बब्लुसँगै नेपाल आइडल सिजन ३ की बिजेता सज्जा चौलागाईको स्वर रहेको छ । गीतमा स्वंय बब्लुले शव्द तथा संगीत गरेका छन् । भने बब्लुले नै निर्देशन गरेको भिडियोमा कथा बिशाल घिमिरेको रहेको छ ।

भिडियोमा गाउँले परिवेशमा आधारित रहेर माया पिरतीलाई देखाउन खोजिएको छ । भिडियोमा सागर भण्डारी,गरिमा शर्मा,देबेन्द्र बब्लु , कविता न्यौपाने,गोपाल परियार,काका हुमागाई,सबिन ढुङ्गाना,गणेश भण्डारी लगायतका कलाकारहरु फिचर्ड छन् । यो गीतलाई देवेन्द्र बब्लुु युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।