नेप्से २१ अंकले घट्यो

Mar 25th, 2021

काठमाडौ, चैत १२

नेप्सेले घटेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहिबार २१ दसमलव २९ अंकले घटेर २५ सय ४८ दसमलव ९६ अंकमा झर्दा सेन्सिटिभ पनि पाँच दसमलव ६४ अंकले घटेर चार सय ५० दसमलव ३१ अंकमा झरेको छ । आज दुुई सय आठ वटा कम्पनीहरुको ७४ हजार छ सय ५८ पटकको कारोवारमा एक करोड २५ लाख ४८ हजार एक सय ४६ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम छ अर्ब ५० करोड आठ लाख छ हजार ४० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा तीन वटा समुहको सुचक बढेकाछन भने १० वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव ६७ अंकले घटेर १७ सय ६३ दसमलव ५० अंकमा झरेकोमा बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन । टे«डिङ, होटल तथा पर्यटन र लगानी समुहको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल बंगलादेश बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ ।