• गृहपृष्ठ
  • हरि लम्सालको ‘के यस्तो माया बस्यो नि’मा सुरबिना र नाजिर (हेर्नुस् भिडियाे)

हरि लम्सालको ‘के यस्तो माया बस्यो नि’मा सुरबिना र नाजिर (हेर्नुस् भिडियाे)

Mar 24th, 2021

काठमाडौ, चैत ११

चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन –३ की विजेता सज्जा चौलागाई र द भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक बलबहादुर राजबंशीको युगल स्वरमा रहेको गीत ‘के यस्तो माया बस्यो नि’ सार्वजनिक भएको छ ।

बहुमुखी प्रतिभाशाली गायक तथा संगीतकार हरि लम्सालको शब्द र संगीत रहेको प्रेमिल शैलीको यस गीतको भिडियोमा सुरबिना कार्की र नाजिर हुसेनको अभिनय रहेको छ सुरबिना र नाजिर दुवै नेपाली म्युजिक भिडियोमा अब्बल छाप छोड्न सफल जोडी हुन । भिडियोमा एकै गाउँका किशोर किशोरीको गाउँले परिबेसमा त्यहीको माहौलमा झाँगिँदै गैरहेको प्रेमलाइ देखाइएको छ ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्द थापाको सिनेमाटो ग्राफी र विकास धमलाको सम्पादन तथा छ । टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गीत ’के यस्तो माया बस्यो नि ’लाइ दर्शकहरुको शतप्रतिसत पोजिटिभ कमेन्ट आएको छ ।