एकै दिन ४१ अंकले बढ्यो नेप्से

Mar 24th, 2021

काठमाडौ, चैत ११

नेप्से उच्च अंकले बढेको छ । आज बुधबार नेप्से ४१ दसमलव तीन अंकले बढेर २५ सय ७० दसमलव २५ अंकमा पुुग्दा सेन्सिटिभ पनि सात दसमलव छ अंकले बढेर चार सय ५५ दसमलव ९५ अंकमा चढेको छ । दुुई सय आठ वटा कम्पनीहरुको ७२ हजार नौ सय ५७ पटकको कारोवारमा एक करोड ६९ लाख ३४ हजार आठ सय ९३ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम छ अर्ब ६७ करोड ४४ लाख २३ हजार नौ सय ४१ रुपैैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवारा भएकोमा जलबिद्युुत समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २२ दसमलव ५५ अंकले बढेर १७ सय ८३ दसमलव १६ अंकमा चढेको छ भने बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, लघुुबित्त, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा साल्ट टे«डिङ कर्पोरेशन नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा रैराङ हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ ।