नेप्सेमा १४ अंकले बृद्धि

Mar 23rd, 2021

काठमाडौं, चैत १०

नेप्सेमा १४ अंकले बृद्धि भएको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार १४ दसमलव ५७ अंंकले बढेर २५ सय २८ दसमलव ९५ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव शुन्य नौ अंकले बढेर चार सय ४८ दसमलव ८९ अंकमा चढेको छ । आज दुुई सय आठ वटा कम्पनीहरुको ६१ हजार चार सय २२ वटा कारोवारमा एक करोड दुुई लाख ७६ हजार सात सय १० कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम पाँच अर्ब १४ करोड १८ लाख ९७ हजार एक सय ६९ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा गुमाउने भन्दा कमाउने समुह धेरै रहेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ६८ अंकले घटेर १७ सय ६० दसमलव ६१ अंकमा झरेको छ भने बिकास बैंक, जीवन बीमा, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेकाछन । जलबिद्युुत समुहको सुचक भने आज एक सय २९ दसमलव ८४ अंकले बढेर २३ सय ५४ दसमलव २० अंकमा पुग्दा निर्जिवन बीमा, टे«डिङ, होटल र पर्यटन, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा साल्ट टे«डिङ कर्पोरेशन नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ ।