• गृहपृष्ठ
  • स्थानान्तरणको नाममा मासिदैँ सामुदायीक विद्यालय

स्थानान्तरणको नाममा मासिदैँ सामुदायीक विद्यालय

Mar 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत ९

काठमाडौँ महानगरभित्र अहिले सामुदायीक विद्यालयहरु स्थानान्तरण भईरहेका छन् । भुकम्प गएको ५ वर्ष वितिसक्दा पनि महत्वपुर्ण इतिहास बोकेका सामुदायीक विद्यालय पुर्ननिमार्णको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् ।

बसन्तपुर अर्थात काठमाडौँ महानगर भित्रपर्ने वडा २४ मा दरवार स्कुल पछि खुलेका कान्ती ईश्वरी राज्य लक्ष्मी मावि र श्री कन्या मावि अहिले दुवै बन्द अवस्थामा छन् । दुवै विद्यालयका विद्यार्थीलाई अहिले शान्ती निकुञ्जमा सारिएको छ, भने सहयोगी सहित १६ जना शिक्षकहरु विभिन्न स्कुलमा बाँडफाँड भईसकेको कान्ती ईश्वरी राज्यक्ष्मी माविका पुर्व प्रधानाध्यापक रामशरण खानल बताउँछन् ।

नेपापलको पहिलो कन्या पाठशालाको रुपमा वि.सं १९८० मा खुलेको श्री कन्या मावि र वि.सं २००७ मा राजा त्रिभुवनको सक्रियतामा स्थापित कान्ती ईश्वरी राज्यलक्ष्मी विद्यालय दुवै जिर्ण अवस्थामा छन् । श्री कन्या विद्यालय त्यतिबेला चन्द्रकान्त जोशी मल्लले स्थापना गरेकी हुन् । यसरी संर्घषका साथ स्थापना गरिएको विद्यालयहरु एक पछि अर्को स्थानान्तरण हुदाँ इतिहासमा नै प्रहार गर्ने गरी महानगरले चालेको यो कदम सहन योग्य नभएको कन्या माविका शिक्षक गोपीचन्द्र पौडेल बताउँछन् । साथै महानगरले भएका सामुदायीक विद्यालयको अस्तित्व मेट्ने प्रयास गरिरहेको उनको भनाई छ ।

ऐतिहासिक धरोहर बोकेको पाठशाला अन्य ठाउँमा स्थानान्तरण गर्दा महत्व घट्ने वडा सदस्य सुमन स्थापित बताउँछन् । उनका अनुसार हनुमान ढोका क्षेत्रलाई खुल्ला क्षेत्र बनाउने योजना भईरहेकालेयो स्थान छाड्न बाध्य भएको जनप्रतिनिधीहरुको गुनासो छ ।

यता महानगर भने विद्यालय केही समयको लागि स्थानान्तरण मात्र गरिएको बताउँदै आएको छ । महानगरका प्रवोक्ता ईश्वरमान डंगोलका अनुसार विद्यालयको अस्तित्व तत्काल मेटिएको देखिए पनि दिर्घकालमा यस्ता विद्यालय अन्य ठाउँमा स्थापित हुने उनको भनाई छ ।

महानगर भित्र अहिले ९१ सामुदायीक विद्यालय मध्ये ८८ वटा विद्यालय मात्र छन् । जसको पुर्ननिमार्ण आर्थात मर्मतको लागि बार्षिक २ करोड ८० लाख २३ हजार महानगरले रकम छुट्याउने गरेको छ ।