नेप्सेमा पुन २४ अंकको गिरावट

Mar 22nd, 2021

काठमाडौ, चैत ९

अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार पुुन घटेको छ । नेप्से आज २४ दसमलव आठ अंकले घटेर २५ सय १४ दसमलव ३९ अंकमा झरेकोमा सेन्सिटिभ पनि चार दसमलव ७९ अंकले घटेर चार सय ४८ दसमलव ८० अंकमा झरेको छ । दुुई सय ११ वटा कम्पनीहरुको ६१ हजार चार सय ८८ वटा कारोवारमा एक करोड नौ लाख ३१ हजार तीन सय ५८ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम पाँच अर्ब ३५ करोड १३ लाख ५३ हजार छ सय २५ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा होटल तथा पर्यटन र जलबिद्युुत समुहकोले कमाएकाछन भने बाँकी समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २१ दसमलव ४८ अंकले घटेर १७ सय ६७ दसमलव २९ अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ८३ दसमलव ५८ अंकले घटेर १२ हजार छ सय सात दसमलव ४२ अंकमा झरेको छ । बिकास बंैक, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीह्रुको सुचीमा अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पनि आज अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।