• गृहपृष्ठ
  • दशौं संस्कारणको ‘नेफ्टा अवार्ड’ सम्पन्न

दशौं संस्कारणको ‘नेफ्टा अवार्ड’ सम्पन्न

Mar 20th, 2021

काठमाडौ, चैत ७

एलआइसीको शीर्ष प्रायोजनमा नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको दशौं संस्कारणको ‘नेफ्टा अवार्ड’ सम्पन्न भएको छ । पहिलो महिला संयोजकत्वमा भएको नेफ्टा अवार्डमा गीता पौडेल ( सुष्मा) संयोजकको सफल भूमिका निभाउन सफल भएकी छिन् । कोभिड १९ का कारण चलचित्र क्षेत्र ठप्प हुन् पुगेको अवस्थामा यो कार्यक्रमले चलचित्र क्षेत्र चलायमान बनोस र चलचित्रकर्मीहरुमा उर्जा थपियोस भन्ने बिश्वासका साथ यो कार्यक्रम आयोजना गरिएको संयोजक पौडेलले बताएकी छिन् ।

स्याङ्जामा जन्मिएकी पौडेलले नेपाली चलचित्र क्षेत्रमा २ दशक बिताइसकेकी छिन्। पौडेललाई स्वर्गीय गोपाल भुटानीले चलचित्र क्षेत्रमा लाग्न निकै प्रोत्सहान गरेका थिए । स्वर्गीय भुटानीलाई आफ्ना कर्म पिता मान्ने पौडेलले शोभा श्रेष्ठलाई आफ्नो गुरु मान्छिन् । ८० भन्दा बढी चलचित्रमा असिस्टेन्ट, हेयर स्टाइलिस्ट र मेकअप आर्टिस्टको रुपमा काम गरिसकेकी पौडेल हाल बेस्त र सफल हेयर स्टाइलिस्टका रुपमा परिचित छिन् । कला क्षेत्रमा क्रियासिल पौडेल अझै यो क्षेत्रमा निरन्तर लागिरहने बताउछिन् । आगामी दिनमा मेकअप कोर्समा डिप्लोमा गर्ने आफ्नो योजना रहेको बताउछिन ।

२०५६ सालमा स्थापना भएको नेपाल चलचित्र प्राविधिक संघमा पौडेलले २०६७ सालमा सदस्यका रुपमा प्रवेश गरेकी थिइन् । हाल उनले संघमा कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेकी छिन् । गत शनिवार राति सोल्टी होटेलमा आयोजना भएको दशौं संस्कारणको ‘नेफ्टा अवार्ड’ मा थुप्रै चलचित्रकर्मी, प्रायोजक संस्थाका प्रतिनिधि लगायत हजारौंको उपस्थिति माझ भव्य रूपले सम्पन्न भएको छ । यस अवार्ड कार्यक्रममा संयोजकको दायित्व लिएर अगाडि बढ्न प्रेरणा दिने र कार्यक्रम सफल पार्न सहयोग नेफ्टा अध्यक्ष, सम्पूर्ण प्राविधि, निर्णायक मण्डल र सम्पूर्ण कलाकारहरुलाई पौडेलले हृदयदेखि धन्यवाद व्यक्त गरेकी छिन् ।