• गृहपृष्ठ
  • भूमिका सुब्बाको नयाँ राष्ट्रिय गीत समृद्धिको बाटो

भूमिका सुब्बाको नयाँ राष्ट्रिय गीत समृद्धिको बाटो

Mar 18th, 2021

काठमाडौ, चैत ५

गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ राष्ट्रिय गीत समृद्धिको बाटो सार्वजनिक भएको छ । युट्युब मार्फत उक्त गित रिलिज गरिएको हो ।गीतमा समृद्धिको लागि एकताको आह्वान गरिएको छ । समृद्ध नेपाल निर्माणका लागि रिष राग द्धेषलाई छोडेर अघि बढ्नु पर्ने भाव गीतमा समेटिएको छ ।

उनको मालिङ्गो सैसै, भूमिका र संगिनी तीनवटा सोलो एल्बम सार्वजनिक भइसकेको छ । आधा दर्जन भन्दा बढी सयुक्त गीति संग्रह बजारमा आएका छन् । उनको केहि समय अघि मात्र बनचरी सार्वजनिक भएको थियो । बाल्यकालबाटै कलाकारिता क्षेत्रमा लागेकी सुब्बाले खासगरी जनवादी गायिकाको रुपमा परिचय बनाएकीछन। साजन राईको संगीत र स्वर रहेको उक्त गीतको किरण थापाले निर्देशन तथा सम्पादन गरेका हुुन ।