कदर पत्रले अझै ऊर्जा दियो- अध्यक्ष पुन

Mar 18th, 2021

काठमाडौ, चैत ५

चलचित्र पत्रकार संघ नेपालको २१ औँ वार्षिक सभाको अवसरमा चलचित्र पत्रकार दाङ शाखाका अध्यक्ष शिव पुनलाई कदर पत्र प्रदान गरिएको छ ।

अध्यक्ष पुनले दाङमा रहेर चलचित्र पत्रकारिता गर्दै आएका छन् । उनले चलचित्र पत्रकारितामा पुर्याएको योगदानलाई मध्यनजर गर्दै उनलाई सो पत्र प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले पुनको प्रशंसा गर्दै कदर पत्र प्रदान गरेका हुन् । अध्यक्ष पुनले भने , “खुसी लागेको छ । अझै थप जोश बढेर आएको छ । यो कदर पत्रले आफ्नो कर्ममा अझै उर्जा दिई सक्रिय रहन अवश्य भूमिका खेल्नेछ । दाङमा रहेर चलचित्र पत्रकारिता गर्न चुनैतीहरु भए पनि त्यसलाई सहजै पार गरेर अघि बढ्ने हौसला मिलेको उनले बताएका छन् ।