एकै दिन ४२ अंकले बढ्यो नेप्से

Mar 18th, 2021

काठमाडौ, चैत ५

नेप्से एकै दिन ४२ अंकले बढेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से ४२ दसमलव ९५ अंकले बढेर २४ सय ७५ दसमलव नौ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव ५५ अंकले बढेर चार सय ४४ दसमलव १५ अंकमा पुुगेको छ । दुुई सय १३ वटा कम्पनीहरुको ५७ हजार सात सय ४२ वटा कारोवारमा एक करोड १६ लाख ५७ हजार नौ सय ७५ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम चार अर्ब ६६ करोड १७ लाख ९२ हजार एक सय ८७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको सेयर कारोवार भएकोमा टे«डिङ समुहको सुचक उच्च अंकले घटेपनि बाँकी समुहको सुचक भने उच्च अंकले बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सचक २६ दसमलव ११ अंकले बढेर १७ सय ६२ दसमलव २४ अंकमा पुगेको छ भने जलबिद्युुत समुहको सुचक पनि तीन दसमलव १५ अंकले बढेर २१ सय आठ दसमलव ८३ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा ग्रिन लाईफ हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा जोशी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल बंगलादेश बैंक परेको छ ।