एकै दिन ४० अंकले बढ्यो नेप्से

Mar 17th, 2021

काठमाडौ, चैत ४

नेप्से एकै दिन ४० अंंकले बढेको छ । आज बुुधबार नेप्से ४० दसमलव चार अंकले बढेर २४ सय ३२ दसमलव १४ अंकमा चढ्दा सेन्सिटिभ पनि आठ दसमलव ११ अंकले बढेर चार सय ३८ दसमलव ६० अंकमा चढेको छ । दुुई सय १२ वटा कम्पनीहरुको ४४ हजार छ सय ९७ पटकको कारोवारमा ८६ लाख २६ हजार छ सय ६७ कित्ता सेयर किनबेच हुुंदा कुुल कारोवार रकम तीन अर्ब ३७ करोड ४५ लाख ५२ हजार एक सय ७८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव १५ अंकले बढेर १७ सय ३६ दसमलव १३ अंकमा चढेको छ भने जलबिद्युुत समुहको सुचक पनि ३१ दसमलव एक अंकले बढेर २१ सय पाँच दसमलव ६८ अंकमा चढेको छ । यि बाहेक लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा चन्द्रागिरी हिल्स लिमिटेडेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा घलेम्दी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ ।