• गृहपृष्ठ
  • गायिका सुनिता तिमल्सिनाको “ए कान्छा ’’ सार्वजनिक, भिडियोमा सुनिता र कक्रोज

गायिका सुनिता तिमल्सिनाको “ए कान्छा ’’ सार्वजनिक, भिडियोमा सुनिता र कक्रोज

Mar 17th, 2021

काठमाडौ, चैत ४

गायिका सुनिता तिमल्सिनाको “ए कान्छा ….“ सार्वजनिक भएको छ । नेपाली सांगीतिक आकाशमा छुट्टै नाम बनाएकी गायिका तिमल्सिनाको सार्वजनिक यो गीतले पनि चर्चा पाउनेमा गायिका तिमल्सिना ढुक्क छिन । संगीत क्षेत्रमा आफ्नो योग्दान र लगातारको अभ्यासमा अघि बढ्दै पुर्ब धारान देखि काठमाण्डौ झरेकी गायिका सुनिता गायकी जस्तै अभिनयमा पनि उत्तिकै माहिर रहेकीछन ।

यो मेरो सांगीतिक पाईलाले जस्तो सफलता लिएपनि म अझै निरन्तर संगीत क्षेत्रमा नै रहने छु , मैले जानेको बुझेको नै सांगितक आकाश हो “ गायिका तिमल्सिना भन्छिन । संगीत जति सिक्यो, जति गायो त्यति डुब्ने कुरा हो म अझै डुब्न चाहान्छु ।

गायिका तिमल्सिनाको सार्वजनिक भएको यो गीतमा उनको आवाज संगै अभिनय पनि हेर्न सकिन्छ अभिनयमा उनलाई सक्किगोनी टेलिचलचित्रका कलाकार तथा मोडल हरिश निरौलाले साथ् दिएका छन् । यस भिडियोमा हरिश निरौला (कक्रोज ) फरक भूमिकामा देखिएका छन ।

नरेश भट्टराईको शब्दमा बद्री सेवाले संगीत गरेको यो गीतलाई रोमान्टिक नम्बरमा बनाईएको छ । निर्देशक सुमन सागर जंग केसीले निदेशन गरेको यस गीतमा कोरियोग्राफी भने रोशन बिकले गरेकाछन । गीतलाई गायिका तिमल्सिनाको आफ्नै युटुब च्यानल सुनिता तिमल्सिना बाट सार्वजनिक गरिएको छ ।

भिडियो लिंक

https://www.youtube.com/watch?v=QLi0ULTyH8U