• गृहपृष्ठ
  • गायक कृष्ण काईदाको “निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीत बजारमा

गायक कृष्ण काईदाको “निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीत बजारमा

Mar 16th, 2021

काठमाडो, चैत ३

गायक कृष्ण काईदाको“निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीतको भिडियो बजारमा आएको छ । हङकङ निवासी काईदाले व्रिटिस फोर्स ब्रोडकाष्ट सर्भिसमा सबै लाहुरे समुदाय तथा नेपालीहरुको मन जित्न सफल चार दशक पूरानो गीतलाई कभर गीतको रुपमा प्रस्तुत गरेका हुन् ।

कृष्ण काईदाको स्वरमा रहेको कभर गितको बाद्यवादनमा हङकङका स्थानिय कलाकारहरु भीम पुन (पूर्व नेपथ्य ड्रमर), रक डोजान लिम्बु, कुल गुरुङ र रोशन थापाको साथ रहेको छ भने प्रविधिमा मीन विष्ट,कुमार थापा, विनोद मेख्खु र दिनेश सुव्वा (हिमालय टोन्स हङकङ) को सहयोग रहेको छ । यसअघि पनि कृष्ण काईदाले अरुण थापाको कतै टाढा तिमीबाट गीत कभर गितको रुपमा गाईसकेका छन् ।

निष्ठुरी भन्छ्यौ किन मेरी मायालु गीत पोखरा रामवजार घर भएका भुपू व्रिटिस आर्मी देव गुरुङको शब्द, स्वर र संगितमा रहेको छ ।