• गृहपृष्ठ
  • हिरो मोटोकर्पले ल्यायो नेपाली ग्राहकहरूको लागि नयाँ रोमाञ्चक मोटरसाइकलहरू

हिरो मोटोकर्पले ल्यायो नेपाली ग्राहकहरूको लागि नयाँ रोमाञ्चक मोटरसाइकलहरू

Mar 14th, 2021

काठमाडौ, चैत १

नेपाली बजारमा युवा, प्रीमियम र प्राविधिकरूपमा उन्नत उत्पादनहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धताका आधारमा मोटरसाइकल र स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले आज नेपालमा दुई नयाँ प्रिमियम मोटरसाइकलको बजार प्रवेश आरम्भ गराएको छ– हीरो एक्स्ट्रिम १६० आर र हीरो हंक १६० आर ।

लोकप्रिय प्रिमियम ब्रान्ड एक्स्ट्रिममा एक उल्लेखनीय र शक्तिशाली नयाँ अध्याय थप्दै हीरो एक्स्ट्रिम १६० ले प्रिमियम मोटरसाइकल सेगमेन्टमा हीरो मोटोकर्पको उपस्थितिलाई अझ सबल बनाउँछ । मोटरसाइकलले आराम र नियन्त्रणको सर्वोत्कृष्ट मिश्रण शक्तिपूर्ण अवस्थिति सहित पर्फमेन्स, स्पोर्टीनेस र अन्य विशेषताहरूको एक अतुलनीय मिश्रण प्रदान गर्दछ । एक्स्ट्रिम १६० आर, एक नयाँ–हंक १५०आरको साथ आएको छ, जुन नयाँ युगको स्टाइलको साथ बेजोड सवारी सञ्चालन (राइडिङ) अनुभवप्रदान गर्न डिजाइन गरिएको हो । दुवैै नयाँ मोटरसाइकलले नेपालका युवाको आकांक्षा पूरा गर्नेछ भने पर्फमेन्स, स्टाइलिङ र भिन्न आकर्षणको गतिशील संयोजन प्रदान गर्दछ । एक्स्ट्रिम १६० आर र हंक १५० आर देशभरिका हीरो मोटोकर्पका शोरूममा उपलब्ध हुनेछ । एक्स्ट्रिम १६० आरको रु ३,३९,०००/- (सिंगल च्यानलएबीएसका साथ डबल डिस्क) को आकर्षक मूल्यमा उपलब्ध हुनेछ भने जब हंक १५० आर रु २,७९,५००/- (सिंगल च्यानलएबीएसको साथ डबल डिस्क) को मूल्यमा उपलब्ध हुुने छ ।

यी दुवै मोडल नेपालीबजारमा ल्याइएको गरिएको अवसरमा टिप्पणी गर्दै, हिरो मोटोकर्पका ग्लोबल बिजÞनेसका प्रमुख संजय भानले भने, “विश्वभरका ग्राहकहरूका लागि वर्गीय रूपमा अग्रणी र बजारमा सान्दर्भिक सम्बन्धित उत्पादनहरू ल्याउने हाम्रो निरन्तर प्रयास रहँदै आएको छ । यीदुई नयाँ उत्पादनहरूको साथ, हामी हाम्रा शीर्ष प्रिमियम मोटरसाइकलहरू नेपालमा ल्याइरहेका छौं र यहाँका ग्राहकहरूले दुवैै उत्पादन मन पराउने गर्नेछन भन्नेमा हामी विश्वस्त छौं । एक्सट्रिम १६० आरले थुप्रै विश्वबजारमा राम्रो प्रदर्शन गरेको छ र हामी यसले नेपालमा पनि राम्रो प्रदर्शन गर्ने आशा गर्दछौं । हंक १५० आर विशेष रूपमा केहीविशेष फस्र्ट–इन–क्लास विशेष्ताहरूको साथ नेपाली बजारका लागि विकसित गरिएको छ । दुवै मोटरसाइकलले हामीलाई ग्राहकहरूको आकांक्षा पूरा गर्न सक्षम तुल्याउनेमा हामी विश्वस्त छौं ।

हिरो मोटोकर्पले सन् २०१० मा नेपालमा नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम)लाई एकमात्र आधिकारिक वितरक नियुक्त गरी यहाँ कारोबार विस्तार गरेको हो । यो कम्पनीले आफ्ना ७२ डिलरहरू, ८२ सर्भिस सेन्टरहरू र १०० भन्दा अधिक स्पेयर पार्टस्का बिक्री केन्द्रहरू सहित आफ्नो तीव्र रूपमा िवस्तारित २५० भन्दा बढी टच–प्वान्टहरूको सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ । नेपालमा उपलब्ध हीरो मोटोकर्पका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डर+, स्प्लेन्डर आईस्मार्ट ११०, सुपर स्प्लेन्डर, ग्ल्यामर, हंक १५० आर, एक्स्ट्रिम १६० आर, एक्स्ट्रिम २०० आर मोटरसाइकलहरू र प्लेजर, डुएट, मास्ट्रो एज, डेस्टिनी १२५ स्कूटरहरू रहेकाछन् ।

हिरो एक्स्ट्रिम १६० आर

वर्गकै अग्रणी तीव्र गति

स्पोर्टिनेस र वास्तविक–विश्व प्रदर्शनको लागि मानक तय गर्दै नयाँ एक्स्ट्रिम १६० आर, १६० सीसी एयर कुल्ड बीएस–सिक्स मापदण्डको इन्जिनको साथ आउँदछ, जुन एक्ससेन्स प्रविधि र उन्नतप्रोग्राम्ड–फ्युल–इन्जेक्सनद्वारा सञ्चालित छ । यो ईन्जिनले १५ बीएचपी ८५०० आरपीएमको प्रभावशाली पावर आउटपुट प्रदान गर्दछ । तीव्र गतिकावर्गमा ‘द्रूत लेन’मा समावेश हुँदै यसले ४.७ सेकेन्डमा ०–६० किमी÷प्रतिघण्टाको गति प्रदान गर्दै यो मोटरसाइकल यस वर्गकै ‘पावर–टु–वेट–रेसियो’ मा उत्कृष्ठ मध्येको एक बनेको छ, यसका लागि यसको १३८.५ केजीको कमकर्ब–वेटको लागि धन्यवाद ।

असाधारण ह्यान्डलिङ

नयाँ एक्स्ट्रिम १६० आरमा सडकका लागि ईन्जिनियर्ड एर्गोनोमिक्सको साथ कमान्डिङ राइडिङको अनुभूति पाइन्छ । हल्का सशक्त डायमण्ड फ्रेम सेटअपले सडकहरूमा असाधारण ह्यान्डलिङ प्रदानगर्दछ, जसले यसलाई सोही समयमा ‘कर्नर ह्याप्पी’ मेसिन बनाउँदछ ।

३७ मिमी टेलिस्कोपिक फ्रन्ट फोक्र्स र सात तहको समायोजन योग्य रियर मोनो–सक सस्पेन्सन सेटअप सहरी चुस्ती/स्फूर्तिका लागितयार गरिएको छ, जसले सटिक ह्यान्डलिङ र एक सुस्पष्ट सवारी प्रदान गर्दछ । २७६ मिमि फ्रन्ट पेटल डिस्क र २२० एमएम पछाडिको पेटल डिस्क ब्रेकले सवारी चालक सधैं पूर्ण नियन्त्रणमा हुने र रोक्न सकिने शक्तिप्रतिविश्वस्त हुन्छन् भन्ने सुनिश्चित तुल्याउँछ । १६५ मिमि ग्राउन्ड क्लियरेन्सले सवारी बाधामुक्त भएको सुनिश्चित गर्दछ ।

फस्र्ट–इन–सेगमेन्ट विशेषता

नयाँ एक्सट्रिम १६० आर ‘फस्र्ट–इन–सेगमेन्ट’मा सबै एलईडी प्याकेजको साथ आवद्ध तुल्याइएको छ, अगाडि एलईडी डीआरएलको साथ पूर्ण एलईडी हेड ल्याम्प देखि, ह्याजार्ड स्विचको साथ एलईडी इन्डिकेटरहरू र पछाडि एच सिंग्नेचरयुत्त एलईडी टेल लैम्प सम्म यसमा सामेल छन् । इन्भर्टेड पूर्ण डिजिटल एलसीडी डिस्प्लेसँगै फस्र्ट–इन–सेगमेन्ट, साइड स्ट्यान्ड ईन्जिन कट अफले मोटरसाइकलप्राविधिक रूपमाउन्नत र सुरक्षितदुवै छ भन्ने कुरा सुनिश्चित गर्दछ । हेड टर्नर पर्ल सिल्भर व्हाइट, भाइब्रन्ट ब्लू, स्पोर्टस् रेडका तीनजीवन्त रंग संयोजनमा उपलब्ध छ ।

हीरो हंक १५० आर
उत्कृष्ट सवारी र ह्यान्डलिङ


१४९ सीसीको एयर–कूल्ड इन्जिनबाट सुसज्जित, हंक १५० आरको कोर इन्जिनले १४.२ बीपीएचपी शक्ति र १२.६ एनएमको टर्क प्रदान गर्दछ । वास्तविक विश्वको पर्फमेन्स प्रदान गर्ने उद्देश्यले, सबै नयाँ हंक १५० आरमा हल्का सशक्त डायमण्ड ट्यूबलर फ्रेम प्रदानगर्दछ जसले कुनामा र सिधा सडकहरूमा सटीक ह्यान्डलिङ र स्थिरता प्रदान गर्दछ । १३०/ ७० एमएम रेडियल रियर टायरको साथ जोडी बनाइ आवद्ध तुल्याइएको गरिएको हंक १५० आर सबै प्रकारका सडक र सवारी सञ्चालन परिस्थितिमा उत्कृष्ट सडक पकड (रोड ग्रिप) प्रदानगर्दछ ।

राइडिङ ट्रांयगललाई चुस्तता, स्थिरता र सुविधाको उत्तम सन्तुलन प्रदान गर्नेगरि सामायोजित गरिएको छ । मोटरसाइकलले वर्गकै पहिलो (फस्र्ट इन क्याटागोरी) अन्तर्गत, उत्कृष्ठ ह्यान्डलिङ तथा स्पोर्टी राइड सुनिश्चितताका लागि सात तहको समायोजनयोग्य मोनो–शक सस्पेन्सनपनि राखिएको छ । फराकिलो ३७ मिलिमिटरको बिफी फ्रान्ट फोक्र्सले एक स्थिर र भव्य राइडिङ सुनिश्चित गर्दछ ।

वर्गका सर्वश्रेष्ठ विशेषताहरू

मोटरसाइकलले धेरै सुरक्षाजन्य विशेषताहरूलाई समेटेको छ र वर्गकै पहिलो (फस्र्ट इन क्याटोगोरी) अन्तर्गत सुरक्षित वैकल्पिक सिंगल–च्यानल एबीएसबाट सुसज्जित छजसले सुरक्षित बे्रकिगको सुनश्चिता गर्दछ । नयाँ एलोयव्हील डिजाइन, २७६ एमएम फ्रन्ट र २२० एमएम रियर डिस्क ब्रेक सबै किसिमका राइडिङ अवस्थाहरूमा कुशलता र तत्कालपावर रोक्नको लागि मानक विशेषताका रूपमा आएका छन् ।

उपयोगमा सहजता पहुँच प्रदान गर्नका डिजाइन गरिएको, मोटरसाइकलमा स्पोर्टी डिजी–एना लग इन्स्ट्रुमेन्ट क्लस्टरको साथ साइड स्ट्यान्ड इन्डिकेटर, ट्रिप मिटर र सर्भिस रिमाइन्डरसमेत रहेको छ । सेल्फ स्टार्ट बटन मानकको रूपमा आउँछ भने थप सुविधाका लागि ईन्जिनकिल स्विच रहेको छ ।

डायनामाइक डिजाइन र स्टाइल

हंक १५ आरको आक्रामक आवारण र मस्कुलर ईन्धन ट्यांकको सानले राइडिङको व्याख्यान दिन्छ । यसको स्ट्राइकिङ अपिलमा थप्नको लागि चिसेल्ड रियर काउल, वल्फ आइएलईडी पोजिसन ल्याम्पसहितको स्पोर्टी हेडलाइट, एलईडी लाइट गाईडसहित एलईडी टेललाईटले अन्धकारमा समेत पहिचान गर्न सजिलो बनाउँदछ । स्पोर्टी डाइनामिक ग्राफिक्सले एउटा अतुलनीय शैलीप्रदान गर्ने डिजाइन लाइनहरूलाइ सक्रिय बताउँछ ।