• गृहपृष्ठ
  • पारिजातको जीवनी “सुश्री पारिजात’’ को लेखन पूरा

पारिजातको जीवनी “सुश्री पारिजात’’ को लेखन पूरा

Mar 13th, 2021

काठमाडौ, फागुुन २९

२०२१,नेपाली साहित्यकी विख्यात् साहित्यकार पारिजातको बृहत् जीवनी लेखन पूरा भएको साहित्यकार गोविन्द गिरी प्रेरणाले वताएका छन् साथै नेपालको एक प्रख्यात् प्रकाशन गृहबाट प्रकाशनका लागि अनुवन्ध गरिसकेको समेत खुलाएका छन् ।

पारिजात नेपाली साहित्यमा “शिरिषको फूल“ कृतिका लागि मदन पुरस्कार पाउने प्रथम नेपाली लेखिका हुन् । दार्जिलिङमा जन्मेर आजीवन नेपाल बसेकी पारिजातले ९ उपन्यास, ५ कथा सङ्ग्रह, ३ कविता सङ्ग्रह, ३ आत्मकथात्मक कृति लेखेकी थिइन् ।

साँढे चार दशक देखि नेपाली साहित्यका विविध विधामा २५ कृति प्रकाशन गरिसकेका साहित्यकार गोविन्द गिरी प्रेरणाले यो जीवनी लेखनका लागि २० वर्ष लागेको वताए । उनले जीवनी लेखनका लागि प्रकाशित सामाग्री सङ्कलन, स्थलगत भ्रमण र सम्वन्धित पचासौं व्यक्तिहरुसँग अन्तरवार्ताको माध्यमबाट जीवनी लेखनका लागि सामाग्री श्रोत सङ्कलन गरेको तथा लामो समय कष्टसाध्य अध्ययन अनुसन्धान गरेको वताए ।

पारिजातका सम्बन्धीहरु, सुभेच्छुकहरु, साहित्यकारहरु एवम् मित्रहरुले प्रकाशित अप्रकाशित सामाग्रीहरु, चिट्ठीपत्रहरु, डायरीका पानाहरु, समाचारका कटिंगहरु तथा फोटोहरु प्रदान गरेर जीवनीलाई आधिकारिक र पूर्ण बनाउन सहयोग पुगेको जीवनी लेखक प्रेरणाले वताए ।

यसअघि विभिन्न जीवनीकारहरुले पारिजातको जीवनी लेखेका छन् तर आफूले विस्तृत रुपमा उनको जीवनीलाई आधिकारिक रुपमा प्रस्तुत गर्न प्रयास गरेको र कतिपय नयाँ तथ्यहरुलाई पुस्तकमा देख्न पाइने वताए भने कतिपय भ्रमहरुलाई तथ्य र प्रमाणले गलत प्रमाणित गर्ने वताए ।
साहित्यकार प्रेरणा अनेसास मेट्रो च्पाप्टरका संस्थापक सचिव एवं पूर्व अध्यक्ष तथा आजिवन सदस्य हुन् । सन् २०१४ मा उनले स्थापना गरेको अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष हुन् ।

उनको संयोजकत्वमा महाकवि देवकोटाको ७ दिने शतवार्षिकी समारोह वाशिङटन डिसीमा आयोजना गरिएको थियो । उनले एक दशक “विश्वपरिक्रमा“ पाक्षिक छापा अखवार समेत सम्पादन प्रकाशन गरेका थिए ।