• गृहपृष्ठ
  • सामसङको कर्ड मेस्ट्रो टिएम रेफ्रिजेनेरेटर नेपालमा, जसले सहजै दही बनाउछ

सामसङको कर्ड मेस्ट्रो टिएम रेफ्रिजेनेरेटर नेपालमा, जसले सहजै दही बनाउछ

Mar 12th, 2021

काठमाडौ, फागुुन २८

नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो कन्ज्युमर इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै नेपाली बजारमा कर्ड मेस्ट्रो टिएम रेफ्रिजेनेरेटर उपलब्ध गराएको छ । यो रेफ्रिजेनेरेटर विश्वकै पहिलो हो जसले खानेकुरालाई सुरक्षितमात्र राख्दैन यसले खानेकुरा तयार समेत गर्दछ । यसबाट दैनिकरुपमा आफ्नो आवश्यकता अनुसार दही आफैले घरैमा बनाउन सकिन्छ ।

विभिन्न परिकारहरुसँगै नेपालका सम्पूर्ण क्षेत्रमादही एक विशेष परिकारका रुपमा लिइन्छ, र दहीको खपत अधिक रहेको छ । कर्ड मेस्ट्रो टिएम सामसङको एक नयाँ प्रविधि हो । यो प्रविधिले नेपाली समाजमा अत्यावश्यक रहेको दही सहजै निर्माण गर्न सकिन्छ । नेपालीहरुको यस्तै अवश्यकतालाई मध्यनजर गर्दै नेपालमा यो फ्रिजको बिक्री बितरण गरिएको हो ।

कर्ड मेस्ट्रो टिएमले पाँच देखि ६ घण्टामा सहजै दहीतयार गर्न सक्दछ–यसमा पाँच घण्टामा पातलो र ६ घण्टामा बाक्लो दही बनाउन सकिन्छ । कर्ड मेस्ट्रो टिएमबाट कन्टेनरलाई झिक्नुहोस्, त्यसमा मनतातो दुध राख्नुहोस् र केहीकल्चर राम्ररी घोलेर पुनः त्यस कन्टेनरलाई कर्ड मेस्ट्रो टिएममा राख्नुहोस् । यस पछि कर्ड अप्सनलाई छनौट गर्नुहोस् । कर्ड मेस्ट्रो टिएम रेफ्रिजेरेटरले आवश्यक फर्मेन्टेशन गरी दही बनाउन आवश्यक तापक्रम सिर्जना गर्दछ र मीठो दही तयार गर्दछ ।
कर्ड मेस्ट्रो टिएमले जस्तोसुकै मौसममा पनि एकनाशको दही बनाउन सक्दछ । यो कर्ड मेस्ट्रो टिएम रेफ्रिजेनेरेटर २५३ लिटर र ३१५ लिटरमा उपलब्ध रहेको छ ।

यो स्मार्ट कन्भर्टेवल ५ इन १ टुइन कुलिङ्ग रेफ्रिजेनेरेटर विभिन्न पाँच मोड– नर्मल, एक्ट्र सपिङ्ग, भ्याकेशन, सिजनल तथा होम अलोन उपलब्ध रहेका छन् । यो कन्भर्टेवल मोडेलहरुमा विद्युत खपत पनि न्यूनतम मात्र हुन्छ । यो कन्भर्टेवल मोडेलहरुमा भएको ट्वीन कुलिङ प्लस टिएम स्वतन्त्र कुलिङ्ग सिस्टम हो, यसको फ्रिज र फ्रिजरमा छुट्टा छुट्टै एयर फ्लोहुन्छ । जसले गर्दा फ्रिज र फ्रिजर बीच खानेकुरा झिक्ने र राख्ने गर्दा उत्पन्न हुन सक्ने गन्ध रहदैन ।

कर्ड मेस्ट्रो टिएम रेफ्रिजेनेरेटर नेपाल अधिराज्यभरका सामसङका आधिकारिक बिक्रेताहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी ब्यापार मार्फत अगस्ट २०२० देखि उपलब्धरहेको छ । कर्ड मेस्ट्रो टिएम यसका मोडेलहरु रु. ६३,९९० देखि रु ७८,९९० सम्ममा खरिद गर्न सकिन्छ ।