• गृहपृष्ठ
  • हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू अब नेपालमा

हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू अब नेपालमा

Mar 8th, 2021

काठमाडौ, फागुुन २४

हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विव्रmेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले बहु प्रतिक्षित गाडी हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ प्लस एस १.२ प्लस एस सार्वजनिक गरेको छ ।

हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ प्लस एस भिन्न इन्जिन अप्सनमा उपलब्ध हुनेछन् १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भिटिभिटि टेक्नोलजिजसको ८३ पीएस, ६००० आरपिएमको सर्वाधिक पावर रहनेछ, तथा १.० टर्बो पेट्रोल इन्जिनकप्पा डुअल भिटिभिटी टेक्नोलोजिजसको सर्वाधिक पावर १२० पिएस, ६००० आरपिएमको रहनेछन ।

बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा अघिल्लो बर्ष सार्वजनिक गरिएको हुन्डाई भेन्यूले बजारमा आफ्नो दह्रो उपस्थिति जनाएको छ । हुन्डाइ भेन्यू स्मार्ट शार्क फिन एन्टिना, र्टन र सिग्नल भएका विद्युतले मिलाउन सकिने रिअर मिरर, इलेक्ट्रीक सन रुफ, आकर्षक व्रmोमयुक्त फ्रन्ट ग्रीलतथा स्पोर्टी रुफ रेलले सु—सज्जित छ । यसको आर १५ डायमण्ड कट एलोइ पाङ्ग्रा तथा रिअर क्यामेराको साथहिल एसिष्ट कन्ट्रोलले नौलौ र उत्साहजनक सवारी अनुभवदिनेछ । हुन्डाई भेन्यू १.२ प्लस एस मा बत्तीहरुको जडान सुन्दर तथा आधुनिकरुपमा गरिएको छ, जस अन्तर्गत कर्नरिङ्ग लाइट, प्रोजेक्टर फग लाइट तथा व्रिmष्टल इफेकट सहितको लिड डिआरएल लाइट विशेष छन् ।

इंटेलिजेंट म्यानुअल ट्रान्समिशनको साथ हुन्डाई भेन्यू आईएमटीले क्लचलेस ड्राइभिंग अनुभव दिन्छ । सो सेगमेन्टमा नयाँ, आईएमटीसँग क्लच प्याडल नभएकाले राम्रो ईन्धन दक्षता र मजाको ड्राईभिइङ अनुभवगर्न पाईन्छ । उत्कृष्ट यात्राको अनुभव गराउन, हुन्डाई भेन्यू आईएमटीरहुन्डाई भेन्यू १.२ प्लस एस मा नवीनतम विशेषताहरु जस्तै रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लसटर, ड्राईभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटीे म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल रहेका छन् जस्ले हुन्डाई भेन्यूू आईएमटी र हुन्डाई भेन्यू १.२ प्लस एस लाई एउटा सुरक्षित यात्राको सहयात्री बनाएको छ । हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ प्लस एस थप विशेषताहरुमा वाइरलेस फोन चार्जर, व्रmुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर ए सि भेन्ट रहेको छ । यी गाडीहरुको शुरुवाती मूल्य हुन्डाई भेन्यू १.२ प्लस एसको ४४ लाख ५६ हजार र हुन्डाई भेन्यूू आईएमटी ४४ लाख ९६ हजार कायम गरिएकोे छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शो रुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।