• गृहपृष्ठ
  • नारी दिवस उत्प्रेरणादायी अभियानका साथ मनाउन निभियाद्धारा फूडमाण्डु र दराज नेपालसँग हातेमालो

नारी दिवस उत्प्रेरणादायी अभियानका साथ मनाउन निभियाद्धारा फूडमाण्डु र दराज नेपालसँग हातेमालो

Mar 8th, 2021

काठमाडौ, फागुुन २४

नेपालमा अन्तर्राष्ट्रिय नारी दिवस उत्प्रेरणादायी अभियानका साथ भव्यरुपमा मनाउनका लागि निभियाले फूडमाण्डु र दराज नेपालसँग हातेमालो गरेको छ । निभिया, छालाको स्याहार गर्ने विश्वको नम्बर १ ब्राण्ड हो, यो ब्राण्डले आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर देशभरका नारीहरुलाई उनीहरुमा रहेको उद्यमशीलताको सम्भावना प्राप्तीका लागि सशक्तिकरण गर्ने उद्देश्यका साथ नेपालको सबैभन्दा ठूलो अनलाइन् सपिङ्ग स्टोर दराज र अनलाइन् फूड डेलिभरी सर्भिसमा प्रणेता फूडमाण्डुसँग सहकार्य गरेको घोषणा गरेको हो । ब्राण्डको विश्वव्यापी कार्यक्रम केयर बियोण्ड स्किनबाट प्रभावित हुँदै यो सहकार्यले नेपालमा आफ्नै स्वामित्वको रेष्टुरेण्ट व्यवसायहरु संचालन गरिरहेका महिलाउद्यमीहरुले हासिल गरेका अद्भूत उपलब्धिलाई साथदिने, पहिचान दिलाउने लक्ष्यमा अभियानलाई केन्द्रित गर्ने भएको छ ।

२०२१ को अन्तर्राष्ट्रिय नारी दिवसले तय गरेको चुज टुु च्यालेन्ज भन्ने नारालाई पछ्याउँदै अभियानले महिला उद्यमीहरुलाई आफ्ना सशक्तिकरणका कथाहरु सुनाएर अरुहरुलाई पनि त्यहीपथमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ । निभिया, फूडमाण्डु र दराजद्वारा अग्रसरता लिइएको यो अभियानले अन्य महिलाहरुलाई त्यस्तै धेरै अवसरहरु सिर्जना गर्ने र त्यस प्रकारको चुनौती स्वीकार्नलाई धेरै महिलाहरुलाई हौसला प्रदान गर्ने तथा जनचेतना निर्माण गर्न सहयोग गर्न सक्ने महिलाहरुको उपलब्धिहरुलाई अझ व्यापक बनाउने, मनाउने र पहिचान गर्ने उद्देश्य लिएको छ । अर्थपूर्ण कथाहरु र प्रभावकारी कथाहरुको सहायताबाट यो अभियानले अन्य बढ्दो महिला उद्यमीहरुलाई अघि बढ्न प्रेरित गर्ने लक्ष्य लिएको छ ।

अभियान र साझेदारीका सम्बन्धमा आफ्नो भनाई राख्दै निभिया इण्डियाका एसोसिएट डाइरेक्टर, अन्तर्राष्ट्रिय बिजनेसका सुधाँशु कृष्णले भने, “अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा हामी महिला उद्यमीहरुलाई एउटा मञ्च उपलब्ध गराउन चाहन्छौ, जहाँ उनीहरु सबैजना एकसाथ आउन सक्छन्, आफूहरुको सफलता मनाउन सक्छन् र अन्य महिलाहरुले उनीहरुको उत्सवमा साथ दिन सक्छन् । हामी यस अभियानमा देशभरका महिलाहरुबाट अत्याधिक सहभागिता भएबाट यो अभियानको प्रभावकारिताबाट अत्यन्त उत्साहित एवं गौरवान्वीत भएका छौं । अन्तर्राष्ट्रिय नारी दिवसले विभिन्न महिला उद्यमीहरुलाई आफ्नो उद्यममा प्रदर्शन गर्न र उद्यमशीलतामार्फत् उनीहरुका रुचीकर यात्राहरुलाई प्रमुखताका साथ प्रस्तुत गर्ने एक सही अवसर दिएको छ । यो पहलमार्फत् हामीले रोल मोडलको रुपमा रहेका ४ जना सशक्त महिलाहरुका सफलताका कथाहरु सुनाउँदै महिला उद्यमीहरुलाई अझ व्यापकताप्रदान गरेर प्रोत्साहित गर्ने लक्ष्य राखेका छौं ।”

फूडमाण्डुकी ब्राण्ड मार्केटिङ्ग म्यानेजर, दिक्षा महतले भनिन “निभिया जस्तो ब्राण्डसँग सहकार्य गरेर आफ्नै स्थान बनाएका र सीमाभन्दा पर पुगेका यी महिलाहरुको अद्वितीय उपलब्धिहरुलाई मनाउन र सहयोग गर्न पाएकोमा हामी अत्यन्तै गौरव गर्दछौं । अभियानाको विस्तारस्वरुप हामीले महिला दिवस मनाइरहेका सबै फूडमाण्डु प्रयोगकर्ताहरुलाई निभियाको प्रोडक्टहरुमा २० प्रतिशत सम्मको छुटको अफर पाइने डिस्काउण्ट भौचरहरु पनि वितरण गरिरहेका छौं । भौचरको प्रयोग नेपालको अग्रणी इ–कमर्स दराज डट कम डट एनपी बाट पाउने सकिनेछ ।

धेरै महिलाहरु मध्ये चार जना महिला उद्यमीहरुको कथा र अनुभवलाई एक रुचीकर भिडियो मार्फत् प्रस्तुत गरिएको छ जसबाट दर्शकहरुलाई महिला उद्यमीहरुले सामना गरेका चुनौतीहरु तथा उनीहरुका जीवनशैलीहरुका बारेमा बुझ्न मद्दत पुग्नेछ । भिडियोमायी चार जना महिलाहरु जो एउटा त्यस्तो उद्योग जुन २४ सै घण्टा सातै दिन, ३६५ दिनभर नै चल्छ, त्यहाँ पुगेर उनीहरुको जीवन चर्याहरुको भित्री पाटोलाई समेत पेश गरेको छ । उनीहरु सबैले बाधा व्यवधानलाई पार गरी सफल व्यवसाय सिर्जना गर्न सफलभएका छन् । यो भिडियोले अन्य महत्वाकाँक्षी महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय शुरु गर्नका लागि प्रोत्साहित गर्न उनीहरुका महत्वपूर्ण सल्लाहहरुलाई पनि समेटेको छ ।

पहलको एक हिस्सा स्वरुप समेटिएका रेष्टुरेन्टहरुमा अँशुज् होममेड किचन, चाइना टाउन, पिज्जा कनेक्सन र डिटक्स क्याफे रहेका छन् । भिडियोको उद्देश्य महिलाहरुद्वारा संचालित रेष्टुरेन्टहरुलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै अन्य महिलाहरुलाई उनीहरु आफ्नो जीवनमा के गर्न चाहन्छन् त्यसलाई प्रेरित गर्नु र नारी एवं पुरुष दुवै समान रुपमा क्षमतावान् र सक्षम छन् भन्ने सन्देश प्रवाह गर्नु रहेको छ ।