• गृहपृष्ठ
  • कुमारी बैंकका ग्राहकले विरगञ्जस्थित प्रभु अस्पतालमा २० प्रतिशत छुट पाउने

कुमारी बैंकका ग्राहकले विरगञ्जस्थित प्रभु अस्पतालमा २० प्रतिशत छुट पाउने

Mar 8th, 2021

काठमाडौ, फागुुन २४

कुमारी बैंकका ग्राहकले विरगञ्जस्थित प्रभु अस्पतालमा २० प्रतिशत छुट पाउने भएकाछन । कुमारी बैंक र प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएपछि ग्राहकहरुले यस्तो सेवा पाउने भएकाहुुन ।

सम्झौतामा कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र प्रभु हस्पिटलका चिकित्सक अधिकृत अविषेक अर्यालले हस्ताक्षर गरेकाछन । सम्झौता अनुसार प्रभु अस्पतालको विभिन्न सेवा शूल्कमा २० प्रतिशत र औषधीमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा पाँच प्रतिशत छुट पाउनेछन् । हालसम्म कुमारी बैंकले १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।