• गृहपृष्ठ
  • थप ८९ जनामा कोरोना सङ्क्रमण, ४१ जना डिस्चार्ज

थप ८९ जनामा कोरोना सङ्क्रमण, ४१ जना डिस्चार्ज

Mar 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, फागुुन २४

सोमबार थप ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ४ हजार ३ सय ९९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ८ सय १० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ३ सय ९९ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ५५ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ८ सय ७२ जना छन् । हालसम्म २१ लाख ९७ हजार २ सय ३५ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ४१ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ४१ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ७० हजार ९ सय २७ पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ११ पुगेको छ।