• गृहपृष्ठ
  • अपाङ्गको प्रतिभा निखार्न ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन’ हुने

अपाङ्गको प्रतिभा निखार्न ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन’ हुने

Mar 8th, 2021

काठमाडौ, फागुुन २४

अपाङ्गता भएको ब्यक्तिहरुको क्षमता र उहाँहरुमा लुकेर रहेको प्रतिभा निखार्ने र सामाजमा उनीहरुलाईलाई फरक चिनारी बनाउन सहयोग पुर्याउने उदेश्यले सौदर्य प्रतियोगिता ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन २०२१’ आयोजना हुने भएको छ ।

अपाङ्गता भएका ब्यक्तिहरुको सांस्कृतिक समाज नेपाल र ग्रिन आर्ट मिडिया प्रा.लिको संयुक्त प्रतियोगिता आयोजनामा हुन लागेको हो । शुक्रबार सानेपास्थित हेरिटेज गार्डेनमा एक कार्यक्रम आयोजना गर्दै आयोजकले प्रतियोगिताको बिभिन्न पक्षको जानकारी गराएको छ ।

कार्यक्रममा काठमाडौँ लाइन्स क्बल आफ काठमाडौ क्यापिटलका पुर्व अध्यक्ष तथा समाजसेवी किशोर भक्त श्रेष्ठले प्रतियोगिताले अपाङ्गता भएको ब्यक्तिलाई समाजमा अगाडि बढाउन मद्दत पुग्ने बताए । उनले आफुले अपाङ्गता भएको ब्यक्तिलाई अगाडि बढाउने कार्यक्रममा हरहमेसा सहयोगका लागि अगाडि आउने जानकारी दिए ।

त्यस्तै ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौले आपाङ्गता भएको ब्यक्तिलाई पनि समाजमा अगाडि ल्याउनु पर्छ भनेर प्रतियोगीता आयोजना गर्न लागेको बताए । उनले प्रतियोगिताको आपाङ्गता भएका ब्यक्तिले भरपुर उपयोग गर्नुुपर्ने धारणा ब्यक्ति गरे ।

अपाङ्गता भएका ब्यक्तिहरुको सांस्कृतिक समाज नेपाल (सि.एम.पि.डि नेपाल)का सभापति सरिता थुलुङ्ले प्रतियोगिताले अपाङ्गता भएको ब्यक्तिलाई अगाडि लयाउन मद्दत पुग्ने भएको आफुले सहकार्य गरेको बताइन् । प्रतियोगिताको लाभ अपाङ्गता भएको ब्यक्तिले उठाउनुपर्ने धारण उनको रहेको थियो । उनले अपाङ्ता भएको ब्यक्तिलाई फरक क्षमता भएको ब्यक्ति भन्ने गरिए पनि उनीहरुलाई अपाङ्गता भएको ब्यक्तिकै रुपमा सम्बोधन गर्नुपर्ने उनको धारणा रहेको थियो ।

आगामी चैत्र २१ गते हेरिटेज गार्डेन सानेपामै आयोजना हुने प्रतियोगीतामा अनिला श्रेष्ठको कारीयोग्राफी रहनेछ । प्रतियोगितामा शिर्ष सहित बिभिन्न उपबिधामा बिजेता छानिने र बिजेताले बिभिन्न पुरस्कार समेत जित्नसक्ने आयोजकले जनाएको छ ।