• गृहपृष्ठ
  • प्रभु बैंकद्धारा तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यू आर कोड हस्तान्तरण

प्रभु बैंकद्धारा तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यू आर कोड हस्तान्तरण

Mar 8th, 2021

काठमाडौ, फागुन २४

प्रभु बैंकले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यू आर कोड हस्तान्तर गरेको छ । फेवातालको बिचमा रहेको बाराही मन्दिरमा एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले क्यू आर कोड हस्तान्तर गरेका हुुन ।

यो सुविधा संगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा दिने उद्देश्यका साथउक्त सेवाको सुरुवात गरिएको हो ।