सिरि ए :एसी मिलानको सहज जित

Mar 8th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन २४
इटालियन सिरि ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा मिलानले भोरोनालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

मिलानलाई जित दिलाउन र्याड क्रुनिक र डायगो डलोटले एक-एक गोल गरे ।

खेलको २७ औं मिनेटमा र्याड क्रुनिकले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५० औं मिनेटमा डायगो डलोटले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।त्यसपछि कुनै गोल हुन सकेन र मिलानले जित निकालेको हो ।

जितसँगै एसी मिलानले २६ खेलबाट ५६ अंक जोडेको छ र दोस्रो स्थानमा छ। पराजित भोरोनाको ३८ अंक छ र आठौं स्थानमा छ ।