लिभरपुल फुलहमसँग पराजित

Mar 8th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन २४

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल फुलहमसँग पराजित भएको छ। आइतबार राति भएको खेलमा फुलहमले लिभरपुललाई उसकै घरेलु मैदानमा १-० गोलले पराजित गरेको हो ।

फुलहमलाई जित दिलाउन मारियो लेमिनाले निर्णायक गोल गरे । लेमिनालेले खेलको ४५ औं मिनेटमा गोल गरेका हुन् ।

जितसंगै फुलहमले २८ खेलबाट २६ अंक जोडेको छ र १८ औं स्थानमा छ ।पराजित लिभरपुलको २८ खेलबाट ४३ अंक छ र आठौं स्थानमा छ ।