मड्रिड डर्बी बराबरीमा रोकियो

Mar 8th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन २४


स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिक मड्रिड रियल मड्रिडसँग बराबरीमा रोकिएको छ ।आइतबार राति भएको खेलमा रियल मड्रिडले शीर्ष स्थानको एट्लेटिक मड्रिडसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा एट्लेटिक मड्रिडको लागि लुइस सुआरेजले एक गोल गरे भने रियल मड्रिडको लागि करीम बेंजामाले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने एट्लेटिक मड्रिडले लिएको थियो। खेलको १५ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए। तर, खेलको ८८ औं मिनेटमा रियल मड्रिडका करीम बेंजामाले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै एट्लेटिक मड्रिडले २५ खेलबाट ५९ अंक जोडेको छ र शीर्ष स्थानमा छ। रियल मड्रिडको २६ खेलबाट ५४ अंक छ र तेस्रो स्थानमा छ ।