म्यानचेस्टर डर्बी : युनाईटेडको सहज जित

Mar 8th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन २४


इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ ।आइतबार राति भएको म्यानचेस्टर डर्बीमा युनाईटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हो ।

म्यानचेस्टर युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नांडीस र लुक शा ले एक-एक गोल गरे।

खेलको दोस्रो मिनेटमानै ब्रुनो फर्नांडीसले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए।सिटीका ग्राबियल जिससले युनाईटेडका एन्थोनी मार्सियललाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि युनाईटेडले पेनाल्टी पाएको थियो ।जसमा फर्नांडीस गोल गर्न सफल भए ।

त्यसपछि खेलको ५० औं मिनेटमा लुक शा ले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

जितसंगै युनाईटेडले २८ खेलबाट ५४ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । पराजित सिटीको २८ खेलबाट ६५ अंक छ र शीर्ष स्थानमा छ र शीर्ष स्थानमा ११ अंकको अग्रता छ ।