• गृहपृष्ठ
  • पर्सा जिल्लाको सखुवा प्रसौनीमा सेञ्चुरी बैंकको शाखा रहित बैकिङ्ग सेवा

पर्सा जिल्लाको सखुवा प्रसौनीमा सेञ्चुरी बैंकको शाखा रहित बैकिङ्ग सेवा

Mar 7th, 2021

काठमाडौ, फागुन २३

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पर्सा जिल्लाको सखुवा प्रसौनीमा सेञ्चुरी बैंकको शाखा रहित बैकिङ्ग सेवा सुरु गरेको छ । बैंकले यही फागुन २२ गतेबाट आफ्ना ग्राहक वर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।

शाखा रहित बैकिङ्ग सेवाको शुभारम्भ प्रमुख अथितिकारुपमा प्रदेश २ का विधायक मन्जुर आलम र विशेष अथितिकोरुपमा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले संयुक्तरुपमा एक समारोहवीच गरेका हुुन । उक्त अवसरमा अध्यक्ष प्रदीप जयसवालले पर्सा जिल्लाको पूरानो बजारको रुपमा रहेको देवारवानामा शाखा रहित बैंक सेवाबाट स्थानीय जनताले वित्तीय सेवाप्राप्त गरी आर्थिक समृद्धिमा मद्धत पुग्ने बताए । उक्त कार्यक्रममा बैंैकका प्रदेश नं २ का प्रमुख सौरभ चौधरी, आदर्शनगर शाखाका प्रमुख शिवनाथ साह,लिंकरोड शाखाका प्रमुख सुरेश साह साथै बैंकका अन्य कर्मचारी र स्थानीय गरेर १५० जना भन्दा बढी सहभागिता रहेको थियो । शाखारहित बैकिङ्ग सेवामा निक्षेप संकलन, रकम भुक्तानी लगायत बैकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुनेछन ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथाशहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको बैंकले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २३शाखा रहित बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।