• गृहपृष्ठ
  • ओपोले एफ-सिरिज अन्तर्गत सार्वजनिकको तयारीमा रहेको नयाँ फोनका बारेमा जानकारी दिने

ओपोले एफ-सिरिज अन्तर्गत सार्वजनिकको तयारीमा रहेको नयाँ फोनका बारेमा जानकारी दिने

Mar 7th, 2021

काठमाडौ, फागुुन २३

अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले एफ(सिरिज अन्तर्गत सार्वजनिकको तयारीमा रहेको आफ्नो नयाँ फ्ल्यागशिप फोनका बारेमा सांकेतिक जानकारी दिन थालेको छ । कम्पनीले आफ्ना सामाजिक सञ्जाल प्ल्याटफर्म मार्फत सुुरुवाती रुपमा “गेस दि ओपो स्टार” क्याम्पेनको थालनी गरेको छ । टिजरहरु नियाल्दा आफ्नो नयाँ फ्ल्यागशिप मोडलका लागि कम्पनीले मल्टिपल स्टार्सका साथमा भब्य ईभेन्ट वा क्याम्पेनको तयारी गरिरहेको अनुमान लगाउन सकिन्छ ।

नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक एफ(सिरिजका स्मार्टफोन ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा स्थापित छ । अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ१९प्रो मार्फत थप अगाडी लैजाने तयारी गरेको छ । फोनमा प्रयोग हुने अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक नव्रबर्तनात्मक प्रविधिहरुका कारण ओपो एफ१९प्रो ले एफ सिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ ।

एफ-सिरिजलाई नयाँ उचाई प्रदान गर्ने लक्ष्य

ओपो एफ १९प्रोले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा एफ सिरिज अन्तर्गत कै सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ । हाल सम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने कुनै आधिकारिक जानकारी दिएको छैन । तथापी, यही महिना भित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिन्छ ।

हाल सम्म कम्पनीले ओपो एफ१९प्रो का विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन । तर, सदाझैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रबर्तनात्मक प्रविधिहरु प्नि नयाँ फोनमा समावेस गरिने अनुमान हामी सहजै गर्न सक्छौँ । कम्पनीले आउने समयमा आफ्ना सामाजिक सञ्जाल पेज मार्फत फोनका प्रमुख फिचर्सहरु सार्वजनिक गर्दै जाने निश्चित छ । तसर्थ, यदी नयाँ फोनको खोजीमा हुनुहुन्छ भने फोनका बारे थप जानकारीका लागि आपो नेपालको सामाजिक सञ्जाल पेजमा थप अपडेटका लागि अवश्य जानु होला ।