• गृहपृष्ठ
  • ४ हजार १ सय ११ को नमूना परीक्षण गर्दा ६६ जनामा कोरोना सङ्क्रमण

४ हजार १ सय ११ को नमूना परीक्षण गर्दा ६६ जनामा कोरोना सङ्क्रमण

Mar 7th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, फागुुन २३

आइतबार थप ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ४ हजार १ सय ११ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ७ सय २१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार १ सय ११जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ५३ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ८ सय २५ जना छन् । हालसम्म २१ लाख ९२ हजार ८ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ५८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ७० हजार ८ सय ८६ पुगेको छ ।नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ।