गोर्खा इको प्यानलद्धारा सहयोग

Mar 7th, 2021

काठमाडौ, फागुुन २३

बाँंके नेपालगञ्जको लागि गोर्खा इको प्यानलको आधिकारिक विक्रेता गणेश निर्माण सेवाले बाँंके निर्माण व्यवसायी संघलाई सहयोग गरेको छ ।

इटाको विकल्पमा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण कम्पनी गोर्खा इको प्यानलले बाँंके निर्माण व्यवसायी संघको २० औं साधारणसभा तथा अधिवेशनका लागि आवश्यक डायरी तथा डटपेन सहयोग गरेको हो ।

गणेश निर्माण सेवाका प्रोपाइटर विशाल भटराईले बाँंके निर्माण व्यवसायी संघका महासचिव दिनकर भटराईलाई तीन सय भन्दा वढी डायरी र डटपेन हस्तान्तरण गरी सहयोग गरेका हुन् ।