• गृहपृष्ठ
  • नेप्से सुचक तथा कारोवार रकम दुबै उच्च अंकले घटे

नेप्से सुचक तथा कारोवार रकम दुबै उच्च अंकले घटे

Mar 7th, 2021

काठमाडौ, फागुन २३

साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से सुचक तथा कारोवार रकम दुबैमा उच्च अंकले घटेकाछन । नेप्से आज २१ दसमलव ५८ अंकले घटेर २४ सय ८५ दसमलव नौ अंकमा झरेकोमा सेन्सिटिभ पनि एक दसमलव ७८ अंकले घटेर चार सय ४९ दसमलव ६८ अंकमा झरेको छ । दुुई सय ११ वटा कम्पनीहरुको ५३ हजार नौ सय ७० पटकको कारोवारमा एक करोड १७ लाख ७८ हजार आठ सय २० कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम पाँच अर्ब ५४ लाख ६६ हजार चार सय ८० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा होटल तथा पर्यटन र जलबिद्युुत समुहको सुचक बढेपनि बाँकी ११ वटा समुहको सुचक उच्च अंकले घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दसमलव ४१ अंकले घटेर १७ सय ९५ दसमलव ७२ अंकमा झरेकोमा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहको सुचक पनि उच्च अंकले घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेशनल हाईड्रो पापर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ ।