• गृहपृष्ठ
  • पीएसजी फ्रेन्च कप फुटबलको अन्तिम १६ मा , एमबाप्पेले गरे दुई गोल

पीएसजी फ्रेन्च कप फुटबलको अन्तिम १६ मा , एमबाप्पेले गरे दुई गोल

Mar 7th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन २३

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई ३-० गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई र पाब्लो सरबियाले एक गोल गरे।

खेलको नवौं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४४ औँ मिनेटमा पाब्लो सरबियाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि दोस्रो हाफको ७३ औं मिनेटमा केलियन एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसंगै पीएसजी फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।