• गृहपृष्ठ
  • स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सहज जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सहज जित

Mar 7th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, फागुुन २३

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई उसकै घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन जोर्डि अल्बा र मोरिबाले एक-एक गोल गरे।

खेलको ३० औं मिनेटमा जोर्डि अल्बाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८३ औँ मिनेटमा मोरिबाले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसंगै बार्सिलोनाले २६ खेलबाट ५६ अंक जोडेको छ र दोस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको २४ खेलबाट ५८ अंक छ । पराजित ओसासुनाको २६ खेलबाट २८ अंक छ र १३ औँ स्थानमा छ ।