• गृहपृष्ठ
  • इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सको सानदार जित,मोराटाले गरे दुई गोल

इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सको सानदार जित,मोराटाले गरे दुई गोल

Mar 7th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,२३ फागुन

इटालियन सिरी (ए) फुटबलमा युभेन्ट्सले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले लाजिओलाई ३-१ गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन एल्वारो मोराटाले दुई गोल र एड्रियन रबीओटले एक गोल गरे ।लाजिओको जोआक्विन कोरियाले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने लाजिओलेनै लिएको थियो।खेलको १४ औं मिनेटमा जोआक्विन कोरियाले गोल गर्दै लाजिओलाई सुरुवाती अग्रता दिलाएका थिए। तर,खेलको ३९ औं मिनेटमा युभेन्ट्सका एड्रियन रबीओटले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ५७ औं मिनेटमा युभेन्ट्सका एल्वारो मोराटाले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए । त्यसको तीन मिनेटपछि मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसंगै युभेन्ट्सले २५ खेलबाट ५३ अंक जोडेको छ र तेस्रो स्थानमा छ । पराजित लाजिओको २५ खेलबाट ४३ अंक छ र सातौं स्थानमा छ ।