• गृहपृष्ठ
  • ५२ थान चोरीको मोबाईल सहित मानिसहरु पक्राउ

५२ थान चोरीको मोबाईल सहित मानिसहरु पक्राउ

Mar 5th, 2021

काठमाडौ, फागुुन २१

५२ थान चोरीको मोबाईल सहित मानिसहरु पक्राउ परेकाछन । महानगरी अपराध महाशाखा मिनभवनका अनुसार पक्राउ पर्नेहरुमा भारत देश बिहार प्रदेश बेतिया जिल्ला घर भई ललितपुरको प्रयागपोखरी बस्ने ३२ बर्षिय जहिर अन्सारी, काठमाडौ बौद्ध बस्ने २७ बर्षिय दिपेश श्रेष्ठ, चितवन घर भई हाल काठमाडौको कपन बस्ने २९ बर्षिय अमित राना मगर र काठमाडौको असन बस्ने ३३ बर्षिय बिक्रम शाही रहेकाछन ।

काठमाडौं कुपण्डोल स्थित ट्राकन कुरियर एण्ड कार्गो कम्पनीले जिल्ला ललितपुर सानेपा स्थित एमआईसोरुमसँग सम्झौता गरी डडेलधुरा स्थित उग्रतारा मार्केटिङको लागी भनी पठाउन लागेको एमआई कम्पनीको रेड मी नोट ९ मोबाईल सेटहरु मिती २०७७/११/०२ गते अन्दाजी १३ः५५ बजेको समयमा डल्लुबाट कालीमाटी हुँदै परोपकार जाने क्रममा का.जि. परोपकार स्थित सडकखण्डमा चलिरहेको गाडीबाट अपरिचित व्यक्तिहरुले कार्टुन भित्र रहेको उक्त मोबाईल सेटहरु चोरी गरी का.जि.का.म.न.पा. वडा नं. ०७ चाबहिल स्थित मोबाईल पसल सञ्चालन गरी बस्ने अमित राना मगरसँग डिल गरी अमितले ललितपुर प्रयागपोखरी स्थितमा मोबाईल पसल सञ्चालन गरी बस्ने भारत घर भएका जहिर अन्सारीलाई भेटाई नगद पाँच लाख ५० हजार मा बिक्री गरेको भन्ने बिशेष सुचनाको आधारमा अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त,जनसेवाको संयुक्त प्रहरी टोलीले ति व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

५२ थान सहित पक्राउ गरी परेका ति व्यक्तिहरुलाई थप कानुुनी कारबाहीको लागी महानगरीय प्रहरी वृत्त,जनसेवा पठाईएको महाशाखाले जनाएको छ ।