• गृहपृष्ठ
  • नेता भट्टराईद्वारा दोभानका आगलागीपीडितलाई पाँच लाख सहयोग

नेता भट्टराईद्वारा दोभानका आगलागीपीडितलाई पाँच लाख सहयोग

Mar 5th, 2021

ताप्लेजुङ, २१ फागुन /रासस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित परिवारलाई रु पाँच लाख आर्थिक सहयोग प्रदान गर्नुभएको छ । आगलागी क्षेत्रको निरीक्षणपछि विस्थापित परिवारका लागि आज उहाँले मेरिङदेन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्वाङ लिम्बूलाई सो रकम हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा उहाँले आगलागीपीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो । यस्तै तीनवटै तहका सरकार र निर्वाचित जनप्रतिनिधिहरूको समन्वयमा आगलागीबाट हुने क्षतिको न्यूनीकरणका लागि आवश्यक योजना बनाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैबीच प्रदेशसभा सदस्य होमकुमारी सावाँ लिम्बूले समेत आगलागीपीडित परिवारका लागि नगद रु ५० हजार सहयोग गर्नुभयो । गत मङ्गलबार भएको आगलागीबाट दोभान क्षेत्रका ५० घर जलेर नष्ट भएका थिए भने ६३ परिवार विस्थापित भएका छन् । उनीहरूलाई विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका साथै व्यक्तिहरूद्वारा राहत वितरण गरिको छ ।