• गृहपृष्ठ
  • ६ हजार १ सय ४३ को नमूना परीक्षण गर्दा १ सय २० जनामा कोरोना सङ्क्रमण

६ हजार १ सय ४३ को नमूना परीक्षण गर्दा १ सय २० जनामा कोरोना सङ्क्रमण

Mar 5th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, फागुुन २१

शुक्रबार थप १ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ६ हजार १ सय ४३ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६ सय ८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार १ सय ४३ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ५८ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ८ सय ३२ जना छन् । हालसम्म २१ लाख ८५ हजार १ सय ९० जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ८३ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ८३ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ७० हजार ७ सय ६६ पुगेको छ ।नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ।