• गृहपृष्ठ
  • मिलानको जितमा सान्चेजले गरे दुई गोल , शीर्ष स्थानमा ६ अंकको अग्रता

मिलानको जितमा सान्चेजले गरे दुई गोल , शीर्ष स्थानमा ६ अंकको अग्रता

Mar 5th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,२१ फागुन

इटालियन सिरि ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले ६ अंकको अग्रता बनाएको छ । बिहीबार राति भएको खेलमा मिलानले पर्मालाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।

मिलानलाई जित दिलाउन एलेक्सिस सान्चेजले दुई गोल गरे । मिलानले दुबै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ५४ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।६२ औं मिनेटमा सान्चेजले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

खेलको ७१ औं मिनेटमा पर्माका हर्नानी अजवेदो जूनियरले एक गोल फर्काए ।त्यसपछि कुनै गोल हुन सकेन र मिलानले जित निकालेको हो ।

जितसँगै मिलानले २५ खेलबाट ५९ अंक जोडेको छ र शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।पराजित पर्माको २५ खेलबाट १५ अंक छ र १९ औं स्थानमा छ ।