लिभरपुल चेल्सीसँग पराजित

Mar 5th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन २१

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल चेल्सीसँग पराजित भएको छ। बिहीबार राति भएको खेलमा चेल्सीले लिभरपुललाई उसकै घरेलु मैदानमा १-० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन मासन माउन्टले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।माउन्टले खेलको ४२ औं मिनेटमा कान्टेको पासमा गोल गरेका हुन् ।

जितसंगै चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको चौंथो स्थानमा उक्लिएको छ । चेल्सीले २७ खेलमा ४७ अंक जोडेको छ। पराजित लिभरपुलको २७ खेलबाट ४३ अंक छ र सातौं स्थानमा छ ।