• गृहपृष्ठ
  • सबिता ढुंगानाको लोक दोहोरी गित ‘शितल दिने कर्के नजर’ बजारमा (भिडियो हेर्नुहोस)

सबिता ढुंगानाको लोक दोहोरी गित ‘शितल दिने कर्के नजर’ बजारमा (भिडियो हेर्नुहोस)

Mar 4th, 2021

काठमाडौ, फागुन २०

नेपाली लोकगित संगीतको बजारमा दिनैजसो लोक नयां नयां लोक दोहोरि गितहरु बजारमा आइरहेकाछन् । पछिल्लो समय कांठ क्षेत्र का गितहरु धेरै भन्दा धेरै बजारमा आएका छन् र धेरै जस्तो गितहरुले अत्याधिक चर्चा कमाएकाछन् । त्यसै सिलसिलामा गायिका सबिता ढुंगानाको लोक दोहोरि कोशेलि ‘शितल दिने कर्के नजर’ बजारमा आएको छ ।

गितको लोकलय शब्द सबिता ढुंगानाको स्वयंको रहेको छ भने स्वरमा रामेश्वर भण्डारी र राज तिमिल्सिनाले साथ दिएकाछन् गीतको निर्माण मिलन फिल्म्सले गरेको हो, निर्देशन मिलन श्रेष्ठ, मुकेश हुमागाई को छायांकन रहेको गीतको सम्पादन रोशन धितालले गरेका छन् । भिडियोमा सिर्जना किराती, सुरज श्रेष्ठ, मन्दिर ढुंगाना लगायतको अभिनय रहेको छ ।

नेपाली लोकदोहोरि क्षेत्र आफ्नो पहिचान स्थापित गर्न यो गितले केहि टेवा पुग्ने गायिका सबिता ढुंगानाले बताईन । गित डी ए आर मुभिज एंड फिल्म्स इ प्रा लि को आधिकारिक च्यानल मार्फत डिजिटल बजारमा आएको छ ।

https://www.youtube.com/watch?v=Q_z3mtEECZU