• गृहपृष्ठ
  • कुमारी जब प्रा.ली र केसिएमआइटी कलेजबीच सम्झौता

कुमारी जब प्रा.ली र केसिएमआइटी कलेजबीच सम्झौता

Mar 4th, 2021

काठमाडौ, फागुन २०

लामो समयदेखि मानव संसाधन व्यवस्थापन ’रोजगारी, विकास र प्रर्वद्धन’ मा निरन्तर काम गर्दै आएको कुमारी जब प्रा.ली र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी’ केसिएम आइटी’ बीच सम्झौता भएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमुलक जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएम आइटीबीच सम्झौता भएको हो । कुमारी जब प्रा.लीका प्रवन्ध निर्दैशक सन्देश भण्डारी र केसिएम आइटी कलेजका प्रिन्सिपल ललिता चन्दले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै कुमारी जब प्रा.लीका प्रवन्ध निर्दैशक सन्देश भण्डारीले विद्यार्थीहरूको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न तालिम प्रदानगर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने बताए । यस्तै उक्त सम्झौतालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउन कलेज प्रतिवद्ध रहेको केसिएम आइटी कलेजका प्रिनसिपल ललिता चन्दले बताइन् ।