• गृहपृष्ठ
  • थप एक सय ७ जनामा कोरोना सङ्क्रमण, ७८ जना डिस्चार्ज

थप एक सय ७ जनामा कोरोना सङ्क्रमण, ७८ जना डिस्चार्ज

Mar 4th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, फागुुन २०

बिहीबार थप एक सय ७जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ५ हजार ५ सय ३६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ४ सय ८८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ५ सय ३६ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ५७ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ७ सय ९५ जना छन् । हालसम्म २१ लाख ७९ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ७८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ७८ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ७० हजार ६ सय ८३ पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १० पुगेको छ।