• गृहपृष्ठ
  • महिला हस्तकला मेला २०७७ यही फागुन २२ गतेबाट

महिला हस्तकला मेला २०७७ यही फागुन २२ गतेबाट

Mar 4th, 2021

काठमाडौ, फागुुन २०

महिला हस्तकला मेला २०७७ यही फागुुन २२ गतेबाट सुरु हुनु भएको छ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघ महिला उद्यमी बिकास समितिको संयुक्त आयोजनामा १११ औं अन्र्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा महानगरपालिकाको प्राङ्गणमा यही फागुुन २२ देखि २४ गते (तद्अनुसार मार्च ६( ८, २०२१) सम्म महिला हस्तकला मेला २०७७ आयोजना गरिने भएको हो ।

नेपालको निर्यात ब्यापारमा हस्तकला क्षेत्रले महत्वपूर्ण स्थानओगट्न सफल रहेको छ । हस्तकलाको आन्तरिक बजारमाकरिब १० अर्ब बराबरको खपत रहेको छ भने सोही रकमको हाराहारीमा भारत लगायत तेश्रो मुलुकहरुमा निर्यात रहेको छ । आयात र निर्यात वीचको दुरी दिनप्रतिदिन बढदै गई मुलुकको ब्यापार घाटा बढ्दै गएको वर्तमान अवस्थामा हस्तकला जस्ता स्वदेशी श्रम,सीप र कच्चापदार्थमा आधारित रोजगारमूलक उद्योग व्यवसायको विकास एवं विस्तारको महत्व दिन प्रतिदिन बढदै गएको छ । हस्तकला क्षेत्रमा झण्डै ११ लाख ब्यक्तिहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट रोजगारी प्राप्त गरी रहेका छन् । यो क्षेत्रले गरिवी निवारणमा पनि महत्वपूर्ण योगदान पुयाई रहेको छ । हस्तकलाका वस्तुहरुले देशको कला र संस्कृतिको मात्रप्रतिनिधित्वन गरि अन्तराष्ट्रिय क्षेत्रमा मुलुकको पहिचान र गरिमा पनि वढाएका छन् ।

महिला उद्यमीहरुबाट उत्पादित नेपाली उत्पादन÷ नेपालको पहिचान अनुरुप स्थानीय हस्तकला वस्तुको बजार बिकास र प्रबद्र्धन कार्यको थालनी गर्नु र हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा साना उद्यमी, व्यवसायीहरुलाई उत्पादक, खरीदकर्ता, बिक्रेता र निर्यातकर्ताहरुसंग एकै थलोमा भेला गराई स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवद्र्धन गर्ने तथा अन्तरराष्ट्रिय बजारमा समेत हस्तकला बस्तुको निकासी प्रवद्र्धन गर्न सघाउ पु¥याउने उद्देश्यले महिलाउद्यमीहरुबाट उत्पादित हस्तकलाका वस्तुहरुको प्रदर्शनी तथ ाबिक्री प्रवद्र्धनको लागि हस्तकलाको प्रर्वद्धन, महिला शसक्तिकरणको सम्बद्र्धन को नारा सहित ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघ महिला उद्यमी बिकास समितिको संयुक्त आयोजनामा १११ औं अन्र्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा महानगरपालिकाको उक्त मेला आयोजना हुुन लागेको हो ।

नेपाल हस्तकला महासंघले “हस्तकला समृद्धिका संभावना” भन्ने उद्घोष (नारा) का साथ वर्ष भरी विभिन्न प्रवद्र्धनमुखि कार्यक्रम गरी हस्तकला वर्ष मनाई रहेको छ । यही क्रममा प्रदेश नं २ को जनकपुरधाममा नेपाल सरकार, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा यस महासंघद्धारा २०७७ फाल्गुन २ देखि ४ गते सम्म प्रथम चरणमा महिला हस्तकला मेला आयोजनागरिएको थियो र दोस्रो चरणमा ललितपुरमा यो महिला मेला आयोजना गर्न लागिएको हो ।

उक्त मेलामा एकै छानामुनि प्राकृतिक रेसा जस्तै केतुके, अलैंची, केरा, अल्लो र वाँसबाट बनेका सामानहरु, काष्ठकला,चाँदीका गरगहना तथा चाँदीका वस्तु तथा धातुका गरगहना, फेल्ट, क्रिस्टलका सामान, हाड र सिङ्गका वस्तु, बीड्सका सामानहरु, उनीतथा सूतीएवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामाग्री, सीसाका वस्तुहरु आदि प्रर्दशनी तथा विक्रीका लागि राखिनेछन् । उक्त मेलामा काठमाडौ उपत्यका भित्रका जिल्लाहरुको लघु, घरेलु उत्पादक एबं कम आय भएका महिला, जनजाती, आदिबासी उद्यमीहरुलाई सहभागी गराई स्थानीय हस्तकला बस्तुको प्रचार प्रसार एवं बजार बिकासमा सहयोग पु¥याइने छ । साथै उक्त मेलामा नेपाल हस्तकला महासंघका महिला उद्यमी सदस्यहरु तथाकलाकार र उपत्यका भित्रका जिल्ला हस्तकला संघ तथा वस्तुगत संघहरुसंग आवद्ध उद्यमी व्यवसायीहरुको पनि सहभागिता रहने छ ।

मेलामा करिब ५० वटा स्टलहरु रहनेछन । स्थानीयहस्तकला उद्योगहरुबाट उत्पादित वस्तुहरुको बजार प्रबद्र्धन गर्ने, हस्तकलाको राष्ट्रियस्तरमा प्रचार ÷प्रसार तथा उजागर गरी निर्यात ब्यापार प्रबद्र्धन गर्र्ने, प्राकृतिक रेशाबाट बन्ने सामानहरु जस्तै सुकुल बुनाई आदिको जीवन्त प्रदर्शनी गर्नु, क्रेता तथा विक्रेताहरुलाई एकै स्थानमा भेला गराउनु,ब्यापार मेला तथा प्रदर्शनीको माध्यमबाट नेपाली कला तथा संस्कृतिको प्रचार, प्रसार गर्नु, नवोदित उद्यमी ब्यबसायीहरुलाई बजार पहुचको अवसर प्रदान गर्नु, उत्पादित बस्तुहरु उद्योगमै मौज्दात रहने अवस्थालाई न्यून तुल्याउनु, नवोदित उद्यमीहरुलाई वस्तु उत्पादन गर्न सकेमा बजार सहज रहेछ भन्ने सन्देश दिई उद्योग ब्यवसाय स्थापनामा प्रेरित गर्नु, कम आय भएका बिपन्न बर्गका महिलाहरुलाई लघु, घरेलु उद्योगप्रति आकर्षित गर्नु, साना तथा लघु उद्यमी महिला उद्यमीहरुबाट उत्पादित हस्तकला बस्तुको प्रदर्शन तथा बिक्री वितरणको लागि अवसर प्रदान गर्ने उद्देश्यका साथ महिला हस्तकला मेला आयोजना गर्न लागिएको हो ।

जनसंख्याको आधा आकाश ढाकेका महिलाहरु ब्यापार ब्यबसायएवं उद्यमसीलताका क्षेत्रमा न्यूनसंख्यामा मात्र संलग्न रहेकाछन् । यस महासंघको सदस्यता अभिलेखको आधारमाकूल सदस्यहरु मध्ये जम्मा १० प्रतिशत महिलाहरुले उद्यम व्यवसायीको रुपमा सदस्य रही आफ्नो व्यापार व्यवसाय संचालन गरी रहेकाछन् । महिलालाई पनि आर्थिक उपार्जनमा अघि बढाउने उद्देश्यले आयोजना गरिएको यस किसिमको मेलाले महिला उद्यमीको व्यवसाय प्रवद्र्धन तथा विकासमा टेवा पु¥याउनुको साथ साथै उनीहरुको आत्मविश्वास र मनोवल उच्च तुल्याउन पनि मेला सहयोगी हुने अपेक्षा गरिएको छ ।

उक्त ब्यापार मेलामा नेपाल सरकारका उच्चपदस्थ अधिकृत स्थानीय सरकारका पदाधिकारीहरु, संघ संस्थाका पदाधिकारीहरु, हस्तकला उद्योग व्यवसायमा संलग्न व्यवसायीहरु, निर्यातकर्ताहरु तथा स्थानीय विभिन्न संघ संस्थाहरुमा प्रतिनिधित्व गर्ने व्यक्तित्वहरु र आम सर्वसाधारणले मेलाको अवलोकन गर्नेछन । मेलाको समुद्घाट्न ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनबाट र समापन ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालबाट सम्पन्न गरिने कार्यक्रम रहेको छ ।