• गृहपृष्ठ
  • महालक्ष्मी विकास बेैंकद्वारा विद्यार्थीहरुका लागि विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बेैंकद्वारा विद्यार्थीहरुका लागि विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न

Mar 4th, 2021

काठमाडौ, फागुुन २०

महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले फागुन १७ गते सोमबार सिद्घार्थनगर न. पा.–४, दोगहरामा अवस्थित श्री दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरेको छ ।

सिद्घार्थनगरन.पा. वडा नं. ४ का अध्यक्ष मुक्ति यादव र बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले अभिभावकहरुलाई पोशाक वितरण गरेका थिए । उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, महालक्ष्मी बिकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिती रहेको थियो । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।