प्रतितोला १००० ले घट्यो सुनको मूल्य

Mar 4th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, फागुन २०

आज सुनको मूल्य घटेको छ । बुधवार तोलामा ८७ हजार ५०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १००० ले घटेर ८६ हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १०० ले घटेर ८६ हजार ५० मा कारोवार भएको छ । यस अघि बुधवार तेजावी सुन रु ८७ हजार ५० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला रु ३० ले घटेको छ । आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु १२८५ तोकेको छ । यस अघि बुधवार चाँदी प्रतितोला रु १३१५ मा कारोबार भएको थियो ।